धरान: धरानका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुवै जना धरान ८ का बासिन्दा हुन् । होम आइसोलेसनमा बसेका धरान ८ लांघाली चोकका करिब ६० बर्षीय वृद्धको हिजो राती ९ बजे मृत्यु भएको वडा ८ का सदस्य राम मगरले जानकारी दिए । उनका अनुसार मृतक करिब ९ दिनअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा थिए ।

यस्तै, अर्का एक महिलाको उपचारको क्रममा नोबेल हस्पिटलमा मृत्यु भएको छ । मृतक ५४ बर्षीया महिला भएको र शव जिल्ला प्रशासन कार्यालयको समन्वयमा धरान ल्याउने कार्य भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।