धरान: कोरोना संक्रमणबाट धरानका एक व्यक्तिको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ५० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो १२ बजेर ५५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतकलाई कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा उनलाई कार्तिक ८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकलाई उच्च रक्तचाप, मधुमेहलगायतका समस्या रहेको थियो ।