धरान: प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये महिला १८ र पुरुष २५ जना छन् ।
संक्रमण पुष्टि भएकाहरुमा सुनसरीमा ३० जना छन् भने मोरंगमा ६ जना र झापामा ७ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीका संक्रमितहरुमध्ये पनि धरानका २७ जना छन् भने इटहरीका ३ जना छन् । यस्तै, मोरंगको सुन्दर हरैचामा ३ जना, उर्लाबारीमा १ जना, विराटनगरमा १ जना र कटहरी गाउँपालिकामा १ जना रहेका छन् । यसैगरि, झापाको दमकमा २ जना, विर्तामोडमा ४ जना र भद्रपुरमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।