धरान: धरान उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा आज शोक विदा दिइएको छ ।

उपमहानगरपालिकामा कार्यरत सब इञ्जिनियर शेरमान राईको निधन भएकोले उपमहानगरपालिकाले आज शोक विदा दिने निर्णय गरेको हो । सब इञ्जिनियर राईको हिजो बुधबार उपचारको क्रममा निधन भएको थियो । उनलाई मुटुको समस्या रहेको थियो । उनको आज अन्त्येष्टी गरिने भएको छ ।
उपमहानगरले शोक विदासम्बन्धी सुचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय र अन्य कार्यालयहरु बन्द रहने जानकारी दिएको छ । मृतक राई २०५० माघ १० गते नियुक्त भएका थिए भने २०५२ असार १ गतेदेखि स्थायी भई घर नक्सा शाखामा कार्यरत थिए ।

sok-bida