धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोडिभ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने झापाको गौरीगञ्जका ७३ बर्षीय पुरुष रहेका छन् । उनलाई कार्तिक ६ गते संक्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनको आज बिहा ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।