धरान: मोरङको केराबारी ६ मा सञ्चालित कालिज फर्मबाट जुवा खेलिरहेका सञ्चालक धरान ६ का भुपेन्द्र भट्टराईसहित ५ जना पक्राउ परेका छन् ।
उनीहरुलाई प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीलै जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहेको प्रहरी स्रोतको भनाई छ । मगर केराबारी ६ का हुन् भने अरु धरानका हुन् । उनीहरुको साथबाट ८ लाख भन्दा बढी नगद पनि वरामद भएको बताइएको छ ।
मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईले केराबारीबाट जुवाडेहरु पक्राउ परेको पुष्टि गर्दै केहीबेरमा प्रेस रिलिज गरिने पनि बताए । ‘हामी केहीबेरमा नै प्रेस रिलिज गर्दैछौं,’डिएसपी राईले भने ।