विराटनगर: प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये सबैभन्दा बढी सुनसरीमा ९२ जना छन् भने मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१ जना रहेका छन् ।

यसैगरि, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् । धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ । प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।