धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत ३० बर्षीय रेडियोग्राफरको आज साँझ करिब ६ बजेतिर मृत्यु भएको हो । राजविराज घर भएका रेडियोग्राफरको मृत्यु पश्चात पिसिआर रिपोर्ट पोजेटिभ आएको एक चिकित्सकले जानकारी दिए । मृतकलाई दिशा पातलो हुने, ज्वरो आउनेलगायतको समस्या भएपछि इर्मजेन्सीमा भर्ना भएका थिए । उनको हिजो आइतबार गरिएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकलाई आज दिउँसो एक्कासी सास फेर्न गाह्रो भएको थियो । हिजो रिपोर्ट नेगेटिभ आएपनि लक्षण सबै कोरोनासँग मिल्दो भएकोले उनको मृत्यु पश्चात पिसिआर गर्दा रिपोर्ट पोजेटिभ आएको इर्मजेन्सीमा कार्यरत एक चिकित्सकले जानकारी दिए । 'हिजो पिसिआर रिपोर्ट नेगेटिभ थियो, तर लक्षण सबै कोरोनाकै भएकोले मृत्यु पछि पिसिआर गर्दा पोजेटिभ आयो,'उनले भने । यसअघि पनि प्रतिष्ठानमा कोरोना संक्रमण भएकी एक महिला कर्मचारीको मृत्यु भएको थियो ।