धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् ।
रेडियोलोजी विभागको सम्पुर्ण सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी तथा विद्यार्थीहरु आन्दोलित भएपछि रेडियोलोजी विभागका सबै सेवाहरु अहिले ठप्प छ । प्रतिष्ठानको ल्याब पनि बन्द भएको एक कर्मचारीहरुले बताए । इर्मजेन्सीमा भर्ना भएका विभागका एक रेडियोग्राफर सिकिस्त हुदा पनि आइसियु नपाएको, एक दिनको अन्तरमा दुई खालको पिसिआर रिपोर्ट दिएको साथै विरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने रेडियोलोजीका कर्मचारीहरुलाई मास्क, ग्लोब्स, पिपिईलगायत सुरक्षा सामग्रीहरु नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
रेडियोलोजीका कर्मचारीहरुका अनुसार कर्मचारीहरु पनि पर्याप्त नभएकोले कामको चाप छ । मास्क, ग्लोब्स आफैै किनेर प्रयोग गर्नुपरिरहेको उनीहरुले बताएका छन् । अहिले आन्दोलित रेडियोलोजीका कर्मचारीहरुको रजिष्ट्रार कार्यालयमा छलफल भइरहेको एक कर्मचारीले जानकारी दिए ।
भिडियो: