सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई ११ बर्ष पछि पक्राउ गरेको छ ।
सुनसरीको साविक नरसिंह गाविस ४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई ११ बर्ष पछि प्रहरीले हिजो पक्राउ गरेको हो । उनले २०६६ मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेको थिए । माईतीघरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनेर ससुराल गएका करिमले फर्कने क्रममा बाटोमा श्रीमतीसंग विवाद गरेका थिए । त्यसक्रममा उनले आमाछोरीलाई नै कुटपिट गरेका थिए भने घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए ।
केही समय पश्चाच श्रीमति अजिरन खातुन होसमा आएकी थिइन् भने नावालक छोरीको मृत्यु भए पछि श्रीमतिले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् । उक्त घटनाको दिन देखि नै करिम फरार भएक थिए । उनलाई ११ बर्षपछि पक्राउ गरि थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।