बिराटनगर: सुनसरीको ईटहरी उपमहानगरपालिका ८ मा रहेको एक किराना पसलबाट ठुलो परिमाणको पटकासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा इटहरी ११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् । मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार(पसार तथा बिक्रिवितरण भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले आज दिउँसो छापा मारेको थियो । ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटकाहरु बरामद गरेको छ । पटका सहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा ेएरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।