धरान: धरानमा आज साँझ थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमा उपमहानगरपालिकाका २ जना कर्मचारी पनि छन् । उनीहरु एक जना पुरुष र एक जना महिला कर्मचारी भएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एन्फा क्वारेन्टिनस्थलमा स्वाब लिइएका ३८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ । बाँकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पोजटिभ आएको हो । आज साँझ थपिएका संक्रमितहरुसहित धरानमा हालसम्मको कुल संक्रमितहरुको संख्या ३ हजार ३४ पुगेको पनि मेहताले जानकारी दिए ।