धरान: प्रहरीले सुनसरीको इटहरीबाट पटकासहित ४ जनालाई पक्राउ गरेको छ ।
इटहरी ८ पुष्पलाल चोक पुर्वी गैसार जाने बाटो भित्री सडकखण्डबाट टेम्पु र मोटरसाइकलबाट अवैध पटका प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गए राती १० बजे को २२ प ३००२ नम्बरको मोटरसाइकलसँगै रहेको को १ हज ७२६० नम्बरको टेम्पुलाई चेकजाँच गर्दा अवैध पटका वरामद भएको थियो ।
प्रहरीले इनरुवा ९ का मोटरसाइकल चालक २२ बर्षीय सतम अन्सारी, मोटरसाइकलको पछाडि सवार हरिनगार २ का २० बर्षीय दिनेश राम, टेम्पो चालक इटहरी १३ का ३० बर्षीय रञ्जित सरदार र टेम्पोमा सवार इटहरी १२ का ३२ बर्षीय शान्ताकुमारी चौधरीलाई पक्राउ गरेको छ । उनीहरुलाई विष्फोटक पदार्थ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका वरामद भएको छ ।