मोरङ: मोरङको २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

हिजो शुक्रवार दिउँसो पौने ३ बजे उर्लावारी ९ मा रहेको मावा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका परियारलाई उपचारको लागि अरनिको अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको हो ।

यसैगरी, मोरङकै पथरीशनिश्चरे ८ स्थित शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी–८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रवार बेलुका ६ बजे पथरीशनिश्चरे ८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा चौधरीलाई करेन्ट लागेर घाईते भएका थिए । चौधरीलाई उपचारको लागि मोरङ अस्पताल पथरी पठाईएको थियो । उनको उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।