धरान: प्रदेश नं १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३ सय जना पुरुष छन् भने १९८ जना महिला छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङ जिल्लामा संक्रमित मध्ये विराटनगरमा ११७ जनामा संक्रमण देखिएको छ भने सुन्दरहरैचामा १३, बुढीगंगामा १३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, जहदामा १, कटहरीमा ४, रंगेलीमा ६, ग्रामथानमा ३, लेटांगमा १, कानेपोखरीमा ३, केराबारीमा १, रतुवामाईमा ३, मिक्लाजुंगमा २, उर्लाबारीमा ४, सुनबर्षीमा ३ र ठेगाना नखुलेको ५ जना रहेको छ ।

यस्तै, सुनसरीमा संक्रमितमध्ये धरानमा ४२ जना, इनरुवामा १० जना, इटहरीमा ६३ जना, बराहक्षेत्रमा ३ जना, देवानगञ्जमा २ जना, दुहबीमा ७ जना, गढीमा २ जना, रामधुनीमा २ जना, भोक्राहामा १ जना, कोशी गाउँपालिकामा १ जना र ठेगाना खुलेका ३ जना रहेका छन् । यसैगरि, झापामा ९२ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये दमकमा २८, विर्तामोडमा २०, गौरादहमा ३, मेचीनगरमा ४, कमल गाउँपालिकामा ८, भद्रपुरमा ८, शिवसताक्षीमा २, बाह्रदशीमा १, बुद्धशान्तिमा २, अर्जुनधारामा १, कनकाईमा ७ र ठेगाना नखुलेको ८ जना संक्रमित थपिएका छन् ।

इलाम जिल्लामा ८ जना, तेह्रथुममा २ जना, उदयपुरमा १६ जना संक्रमित पुष्टि भएको छ भने संखुवासभामा २ जना, पाँचथरमा २ जना, धनकुटामा ३ जना, खोटांगमा १६ जना, भोजपुरमा १ जना, सोलुखुम्बुमा २ जना र अन्य प्रदेशका जिल्लाबाट आएका १४ जनाको पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा आज ५२७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ । प्रदेश १ मा आज २ हजार ६७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।