धरान: विभिन्न प्रलोभन, करकाप र माया गर्ने नाटक गरेर नशालु पदार्थ सेवन गराएर पटक पटक जर्बजस्ती करणी गर्ने सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले सुनसरीको देवानगंज गाउँपालिका ६ का महेन्द्रप्रसाद मेहतालाई पक्राउ गरेको हो । पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मेहताले ती महिलालाई विभिन्न प्रलोभन दिने, मोलमेलाई गर्ने, करकाप गर्ने र माया गर्ने नाटक गरि नशालु पदार्थ सेवा गराउने गरेको उजुरी दिएकी थिइन् । मेहताले उनलाई पटक पटक यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाई छ । मेहतालाई पक्राउ गरि मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।