धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको पथरी १ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको आज बिहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचाप, मधुमेहलगायत समस्या रहेको पनि प्रतिष्ठानले जनाएको छ । उनलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।