धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी २ का ४२ बर्षीय पुरुष रहेका छन् । उनको आज दिउँसो १२ बजेर ३० मिनेटमा प्रतिष्ठानको कोभिड अस्तपालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृतकलाई कार्तिक १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई नियम अनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।