सुनसरी: सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
आज बिहान करिब सवा ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ करमखोला पुलमा भएको दुर्घटनामा स्थानीय ५५ बर्षीय धनबहादुर कार्कीको मृत्यु भएको थियो । प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्री कार्कीलाई ठक्कर दिंदा घाईते भएका थिए । उनको उपचारको क्रममा बि।पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चालक पनि घाइते भएको र उनको पनि वीपी प्रतिष्ठानमा उचपार भईरहेको प्रहरीको भनाई छ ।
यसैगरी, सुनसरीकै हरिनगररा गाउँपालिका ३ मा आज बिहान साँढे ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालक रामधनुी १ का मनोज श्रेष्ठको मृत्यु भएको छ । को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किएको थियो । घाईते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।