धरान: राष्ट्रिय सभाका पुर्व सांसद, राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बुको निधन भएको छ ।
धरान १८ निवासी ९२ बर्षीय पुर्वसांसद लिम्बुको आज बिहान निधन भएको हो । कोरोना संक्रमण भएका लिम्बु होम आइसोलेसनमा निधन भएको धरानका मेयरका स्वकिय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए । ‘उहाँको होम आइसोलेसनमा नै निधन भएको हो । शव व्यवस्थापन गर्न हामी लागिपरेका छौं,’श्रेष्ठले भने ।
स्वर्गीय गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लिम्बु राष्ट्रिय सभा सदस्य भएका थिए । नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय लिम्बु जनमुक्ति, माओवादी हुदै पुनः कांग्रेसमा नै फर्किएका थिए । राजनीतिसँगै उनी समाजसेवीकोरुपमा पनि परिचित थिए ।