धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

सप्तरीको कमलपुर १ का ४० बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार को कोभिड अस्पतालमा आज दिउँसो १ बजेर ३० मिनेटमा उनको मृत्यु भएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनलाई कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन नै प्रतिष्ठानमा भर्ना गरिएको थियो ।