धरान: विश्व मधुमेह(डायबिटीज) दिवसको अवसरमा धरान १० निवासी डिस्ट्रिक डायवेटिज चिफ तथा युवा व्यवसायी लायन टंक गुरुङ्ग एमजेएफले शनिवार खाद्यान्न वितरण गरेका छन् ।

उनले धरान १० विशाल पथ डेरा गरी वस्ने डायबिटीज रोगले पीडित गीता कार्कीलाई करिव १० हजार रुपैया बराबरको खाद्यान्न वितरण गरेकी हुन् । गुरुङ्गले दुई बोरा चामल, एक कार्टुन खाने तेल, एक कार्टुन चाउचाउ, २ प्याकेट च्युरा, २ दुई केजी नुन र १ थान जाडोमा लगाउने लुगा सहयोग गरेकी छन् । उनले गीता कार्की र उनका श्रीमान राजकुमार कार्कीलाई सहयोग गरेकी हुन् । दाता गुरुङ्ग हिमाल कलेक्सनका प्रोपराइटर समेत हुन् ।

विगत १५ वर्ष देखि डायविटिज रोगसंगै ४८ बर्षीया गीता थाइराइड, प्रेसर, दम, युरिक एसिडलगायतसँग पनि जुधिरहेकी छिन् । उनको उपचारमा अहिलेसम्म पन्द्र लाख भन्दा वढि खर्च भइसकेको उनका श्रीमान राजकुमारले जनकारी दिए । उनलाई सोही समयमा स्पेसल एड्भाइजर लायन गौरी शंकर अग्रवालले नगद १ हजार पनि सहयोग गरेका छन् । धरान १ं० कलेज रोडस्थित झापाली खाजा घरमा आयोजित कार्यक्रममा बिशेष सल्लाहकार लायन विपिन लिम्वु, मिना पुलामी, एजिओ लायन चन्द्रमाया लिम्वु, सिनियर एड्भाइजर वलराम मानन्धर, वुढासुव्वा लायन्स क्लवका अध्यक्ष मानभगत चाम्लिङ, दन्तकाली लायन्सका अध्यक्ष रुकमणी मास्के, नेपाल स्वतन्त्र मजदुर संगठन धरान अध्यक्ष कमल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

विश्व मधुमेह(डायबिटीज) दिवसको अवसर पारेर लायन टंक गुरुङ्गको संयोजनमा ए वान ३२५ का १३ वटा लायन्स क्लवहरु मिलेर धरानको छाता चौक र विपि अस्पताल अगाडि डायविटिज चेकअप क्याम्प समेत संचालन गरिएको थियो । क्याम्पमा करिव दुई सय ५० जनाले सेवा लिएको संयोजक गुरुङ्गले वताए । क्लवले हरेक डायविटिज डेको अवसरमा चेकअप क्याम्प संचालन गर्दै आईरहेको छ । तस्विरः बिकास चाम्लिङ राई