धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार झापाकी २५ बर्षीय संक्रमित युवतीको मृत्यु भएको हो । उनको हिजो राती १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक कार्तिक २६ गते कोभिड अस्पतालमा भर्ना भएका थिए भने कार्तिक २७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए ।