धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज मुख्य दिन भाईटीका । तिहारलाई यमपञ्चक पनि भनिन्छ । भाईटीका तिहारको अन्तिम दिन हो ।
कोरोना कहरको कारण विगतको बर्षहरुमा जस्तो यसपाली दशैं तिहार मनाउने अवस्था भएन । तथापी, आज देश विदेशमा रहेका नेपालीहरुले सावधानी अपनाउदै भाईटीका मनाएका छन् । आज मध्याह्न ११ बजेर ३७ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको थियो । अहिले नेपालीहरुको सामाजिक सञ्जाल भाईटीका लगाएको फोटोहरुले भरिएको छ ।
भाईटीकालाई माइती र चेलीहरुको प्रगाढ सम्बन्धको प्रतिककोरुपमा पनि लिइन्छ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धापुर्वक सुखशान्ति, दिर्घायु र ऐश्वर्यको कामना गर्दै टीका लगाएर मनाउने गर्छन् । दिदीबहिनीहरुले भाईलाई पुजा गरी सप्तरंगी टिका लगाएर मिष्ठान्न भोजन गराउछन् । तस्बिरहरु: फेसबुक