विराटनगर: जर्बजस्ती करणी गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जदहा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार ठाकुरले गएको साउन १ गते बेलुकी करिब ६ बजे कटहरी गाउँपालिका ३ स्थित खयरवाना टोल भित्री बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरेर फरार भएका थिए । पीडित युवती २३ बर्षीया हुन् । उनलाई ललाई फकाई प्रलोभनमा पारेर ठाकुरले जर्बजस्ती गरेको अभियोग छ । घटना पछि फरार ठाकुरलाई हिजो रंगेली नगरपालिका ७, मधुवतीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।