धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान ११ की कोरोना संक्रमित एक युवतीको मृत्यु भएकोछ ।

ताप्लेजुङ घर भएपनि हाल धरान ११ बस्दै आएकी २९ बर्षीया युवतीको आज दिउँसो प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको आज दिउँसो १ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । मृतक मृगौलाका विरामी थिइन् । उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ३० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।