सुनसरी: बराहक्षेत्र ७ बोराबाधबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन् । हिजो साँझ ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुको चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।