धरान: धरानबाट प्रहरीले जुवाजन्य कौडा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।
धरान १५ स्थित सुरेश लिम्बुको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ८९ हजार २ सय १५ रुपैया पनि वरामद गरेको प्रहरीले जनाएको छ । साथै, १६ थान कौडा पनि वरामद भएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरुमा धरान १५ का ४२ बर्षीय राजकुमार लिम्बु, ४१ बर्षीय दिपराज आङ्देम्बे, धरान १३ का २९ बर्षीय दिपेन्द्र लिम्बु, धरान १९ का ३७ बर्षीय खगेन्द्र भन्ने धनेन्द्र लिम्बु रहेका छन् ।
यस्तै, धरान १८ का ३७ बर्षीय प्रेमकुमार लिम्बु, धरान ३ बस्ने मोरङको सुन्दरहरैचा ११ घर भएका ३७ बर्षीय युवराज आङ्देम्बे र टिकाराज आङ्देम्बे रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतले भने,'उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप भएको छ ।'