धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको बोडे बसाईन ३ की ७१ बर्षीया वृद्धा रहेकी छिन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार उनको हिजो राती साढे ८ बजे मृत्यु भएको थियो । मृतकलाई हिजो नै प्रतिष्ठानमा कोभिड पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको पनि सुचना केन्द्रले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।