धरान: प्रहरीले धरान उपमहानगरपालिका वडा नं १५ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानले वडा १५ को गणतन्त्र मार्गका ३३ बर्षीय रवि तामाङ(लामा)लाई लागुऔषधसहित पक्राउ गरेको हो । उनले आफ्नै घरको कोठामा लागुऔषध जम्मा गरेर राखेको र बिक्रीवितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । उनलाई आज बिहान साढे ८ बजे पक्राउ गरेर कोठामा खानतलासी गर्दा कार्टुनमा लुकाएको अवस्थामा लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।