मोरङ: मोरङको रंगेली नगरपालिका ३ दौलतपुरमा स्थानीयले नियन्त्रणमा लिएको हरिणलाई वन कार्यालय बुझाइएको छ ।
आज बिहान ११ बजेतिर दौलतपुरस्थित शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीयले नियन्त्रणमा लिएको थियो । घटनाबारे जानकारी पाए पछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएर गएको थियो । उक्त टोलीले उक्त हरिणलाई रंगली नगरपािलका ३ आमतोलास्थित सब डिभिजन वन कार्यालयलाई सकुशल बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।