विराटनगर: झापा भद्रपुरकी अभियन्ता स्वेता श्रेष्ठले लैंगिक हिंसाविरुद्ध मेची-महाकाली साइकल यात्रा शुरु गरेकी छिन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत श्रेष्ठले 'इम्पावरिङ वमन्स ट्राभल' भन्ने नाराका साथ मेची-महाकाली यात्रा शुरु गरेकी हुन् । यात्राको क्रममा उनी आज विराटनगर आइपुगेकी थिइन् । उनलाई विराटनगरमा अभिनन्दन गरिएको थियो । अभियन्ता श्रेष्ठलाई बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङ प्राङ्गणमा मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले अभिनन्दन गर्नुका साथै यात्राको लागि शुभकामना पनि व्यक्त गरेका थिए । हिजोदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

16din22 16-dine1