धरान : सुचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको प्रदेश १ को तदर्थ समिति गठन भएको छ ।
प्रदेश १ संयोजकमा बिराटनगरका सूचना अभियन्ता राजु श्रेष्ठ चयन भएका छन् । उनी २०६७ सालदेखी सूचनाको हकको अभियानमा सरिक अभियन्ता हुन् । संजालको सह संयोजकमा पाचथरका सूचना अभियन्ता तथा पत्रकार मंगल बेघा भएका छन् भने सदस्य सचीवमा सुनसरीका सूचना अभियन्ता बिष्णुप्रसाद चौलागाईं भएका छन् ।
यसैगरी प्रदेश समिति सदस्यहरुमा प्रदेश एकका १४ वटानै जिल्ला बाट प्रतिनिधित्व हुने गरि सदस्य छनिएको छ । सदस्यहरुमा सोलुखुम्बु-बुद्धवीर बाहिङ्ग,ओखलढुंगा-जीवन शर्मा, संखुवासभा-दिपेन्द्र शाक्य ,खोटाङ-लोकनाथ घिमिरे, उदयपुर-वीर बा. मगर, भोजपुर-ईश्वरीप्रसाद ढकाल, तेह्रथुम-खगेन्द्र सापकोटा, धनकुटा-संगीता चापागाईं, ताप्लेजुङ-देवराज गुरुङ, पाँचथर-युधिष्ठिर राज आमगाई, ईलाम-राम योङ्हाङ्ग, झापा-मनोज लिम्बु, मोरङ्ग- पिताम्बर घिमिरे,सुनसरी-आईतिमाया तामाङ चयन भएका छन् ।
सूचनाको हकको प्रचलन, प्रबर्द्धन र सम्बर्द्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो । जिल्ला सञ्जाल निर्माण नभएको जिल्लामा प्रदेश १ सदस्यलाई नै सञ्जाल र्निाणको जिम्मेवारीसमेत दिइएको छ । सूचनाको हकका लागि राष्ट्रिय संजालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गरेको छ । संजालका केन्द्रिय संयोजक उमिद वागचन्द ,केन्द्रिय सदस्य सचिव अजयकुमार शाह, केन्द्रिय सल्लाहकार टंक अर्याल ,पत्रकार महासघ पाँचथरका अध्यक्ष लवदेभ ढुंगाना ,सूचना अभियन्ता नोदनाथ त्रिताल लगाएतको उपस्थितिमा संजालको तदर्थ समिति घोषणा भएको हो ।