धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

बर्दिबास २ महोत्तरीकी २२ बर्षीया युवतीको आज बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुर सिटि अस्पतालबाट रिफर भएर उनी प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनको शव नियमअनुसार व्यवस्थापन हुने प्रतिष्ठानको सुचना केन्द्रले जनाएको छ ।