झापा: झापाको भद्रपुर ४ नरसिंह बगानबाट ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार गलगलिया ४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन्। बिशेष सुराकको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।