विराटनगर: असक्त एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा मोरङको रंगेलीबाट एक जना पक्राउ परेका छन् ।
हिजो दिउँसो करिब २ बजे रंगेली नगरपालिका वडा नं ५ बहुवानस्थित कदमगाछी टोलमा शारीरिक तथा मानसिकरुपमा असक्त फरक क्षमता भएकी ३५ बर्षीया महिलालाई जर्बजस्ती करणी भएको थियो । उनलाई स्थानीय २५ बर्षीय बौका भन्ने सुरेन्द्र मण्डलले एक्लै भएको मौका पारेर धान पासलको बोझामा जर्बजस्ती गरेको प्रहरीको भनाई छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रही कार्यालय रंगेलीले पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।