धरान: ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानले हिजो शनिबार साँझ ब्राउन सुगरसहित धरानबाट २ जना पक्राउ गरेको थियो । प्रहरीका अनुसार शनिबार साँझ धरान ३ का रेहान अन्सारीको कोठामा ३५ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीसँग सोधपुछ गर्दा उक्त ब्राउन सुगर धरान १० का बिक्की श्रेष्ठबाट खरीद गरेको वयान दिएका थिए । प्रहरीले बिक्कीको घरको कोठामा पनि खानतलासी गर्दा ८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर वरामद भएको थियो । दुवैलाई आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।