झापा: झापाको शिवसताक्षी नगरपालिका ६ बाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका ४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य रहेका छन् । मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।