धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका ३ की ८२ बर्षीया वद्धाको आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार आज बिहान ७ बजेर ५० मिनेटमा वृद्धाको कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनी मृगौलाको विरामी थिइन् । मंसिर ७ गते कोभिड अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।