धरान: सुनसरी प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई १५ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका २ का वलराम सरदार रहेका छन् । उनले २०६२ मंसिर १९ गते इटहरीको कस्तुरी उच्चमाविको को २ ख ६० नम्बरको बस विद्यार्थी लिएर गइरहेको बेला विपरीत दिशाबाट काठमाण्डौं गइरहेको नाम २ ख ९१५९ नम्बरको मकालु बस एक आपसमा ठक्कर खाएको थियो । उक्त दुर्घटनामा इनरुवा ३ की १८ बर्षीया लक्ष्मी श्रेष्ठ घाइते भएर उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।

दुर्घटना पश्चात विद्यालयका बस चालक सरदार फरार भएका थिए । उनको खोजतलास गर्ने क्रममा १५ बर्ष पछि हिजो सरदारलाई गाउँघरबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अन्य आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।