धरान: प्राकृतिक सौदर्यले भरिएको धरान २० नम्बर वडाका ठुलो खैरे र सानो खैरेस्थित किरात राईहरुले बुधवार उधौली मनाएका छन् ।
किरात राईहरुको महान चाडको रुपमा रहेको उधौली ठुलो खैरेस्थित छुमालाको शिरमा रहेको किरात सान्केवा थानमा पुजा गरेर मनाएका हुन् । विशेष गरेर वान्तावा राईहरुको यस क्षेत्रमा वसोवास रहेको छ । हरेक वर्ष किरात थेक्लुम सान्केवा सेवा समितिको व्यवस्थापनमा कार्तिक पुर्णीमाको तिथि पारेर पुजा गरिने चलन रहेको र यस पटक मंसिर १७ मा पर्न गएको समिति अध्यक्ष पञ्चवहादुर राईले जानकारी दिए ।
पुजारी कृष्ण वहादुर राईले वुधवारको दिन थानमा पुजा गरेर उधौली मनाएका हुन् । तीन दिनसम्म मेला आयोजना गरेर भव्यरुपमा उधौली मनाउदै आए पनि यस पटक कोरोना माहामारीको कारण पुजा मात्र गरेर मनाएको अध्यक्ष राईले जानकारी दिए । थानमा पुजा गर्नका लागि स्थानीयहरु विभिन्न भाकल लिएर आउने र कुखुराको वली दिएर पुजा गर्ने चलन रहेको स्थानिय हेम राई वताउँछन । वलि दिएको कुखुराको कलेजो हेरेर जोखाना समेत हेराउने गरिएको छ । पुजा गरेसंगै स्थानियहरुले सान्केवा साकेला नाच समेत नाच्ने गरेका छन् ।
पुजारीका पुर्वज यही बाटो रातको समय हिड्दा सेतो भालेसँग जम्काभेट भेट भएको किंवदन्ती छ । भेट भए पछि दुईजना विच युद्ध भयो । युद्धमा दुवै जना घाइते भए पछि भाले चाही ढुङ्गामा परिणत भएको र सोही ढुङ्गालाई थान मानेर पुजा गर्न थालेको भन्ने किवदन्ती रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेको २० न. कावडाध्यक्ष मणिराम राइले बताए । पुजा गर्न आउनेहरुले प्रायः सेतो भाले नै ल्याउने गरको राईले जानकारी गराए । उधौली पुजा गरिने क्षेत्र व्यवस्थापनको लागि अतिथि रहेका किरात राई यायोक्खा सुनसरी सचिव राजेन्द्र राईले दश हजार रुपैया सहयोग गर्ने घोषण गरेका छन् । उधौली पुजामा धरान उपमहानगरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग, प्रशासकिय वरिष्ठ अधिकृत खगेन्द्र खतिवडा, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो । भिडियो /तस्विरहरु: बिकास चाम्लिङ राई