मोरङः उपचारको क्रममा मोरङका दुई अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गए राती विराट र नोबेल शिक्षण अस्पतालमा दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना मोरङ उर्लाबारीका ५६ बर्षीय पुरुष छन् । यद्यपी उनको ठेगाना भने झापाको दमक उल्लेख छ । उनको गए राती करिब १२ बजेतिर विराट अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य समस्या भएपछि उनलाई मंसिर १३ गते विराट नर्सिङ होम भर्ना गरिएको थियो । सोही दिन स्वाब परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएपनि आफन्तले घर लगेका थिए । स्थिति जटिल बनेपछि बिहिबार साँझ विराट शिक्षण अस्पतालमा भर्ना गरिएका उनको राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
अर्का मृतक सिरहा मिर्चैयाका ७५ वर्षीय वृद्ध हुन् । उनको पनि नोबेलमा मध्य राती १२ बजेरित नै निधन भएको हो । हिजो बिहीबार नै अस्पताल भर्ना गरिएको ती वृद्धको पिसिआर रिपोर्ट साँझ पोजेटिभ आएको थियो ।