मोरङ: जिल्ला प्रहरी कार्याल मोरङले विभिन्न समयका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार देन देन विगो मुद्दामा फरार रहेका दिपचन्द साहनीलाई आज बिहान ९ बजे विराटनगर १ शान्ति चोकबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोर मोरङमा बुझाइएको पनि प्रहरीले जनाएको छ । अदालतबाट आजै प्राप्त भएको पत्रको आदेश अनुसार उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
यसैगरि, २०६९ चैत २० गते नकावजनी चोरी मुद्दामा कैद र जरिवाना तोकिएका विराटनगर महानगरपालिका १ शान्ति चोकका फरार प्रतिवादी २६ बर्षीय संजित कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि आज करिब ९ बजे पक्राउ गरेर आवश्यक कारबाहीको लागि अदालतमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ । नकावजनी चोरी मुद्दामा प्रतिवादी रहेका मण्डललाई जिल्ला अदालत मोरङले गरेको फैसला अनुसार १ महिना १५ दन कैद र १६ हजार ४ सय १९ रुपैया जरिवना तोकिएको छ ।
यस्तै, लागुऔषध मुद्दामा कैद र जरिवाना तोकिएका फरार प्रतिवादी विराटनगर महानगरपालिका २ बञ्चरा चोकका ३० बर्षीय प्रवण बञ्जारालाई पनि मोरङ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा जिल्ला अदालत मोरङले बञ्जराविरुद्ध १ महिना कैद र १ हजार रुपैया जरिवाना फैसला गरेको छ । फरार रहेका बञ्जरालाई आज बिहान साढे १० बजे पक्राउ गरि आवश्यक कारबाहीको लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।