धरान ः प्रहरीले धरानबाट एयर गनसहित लागुऔषध कारोबारमा सलग्नलाई पक्राउ गरेको छ ।
घरमा नै लागुऔषध राखेर बिक्रीबितरण गरिरहेको सुचनाको आधारमा प्रहरीले हिजो दिउँसो करिब ४ बजे २ जनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान १० का ३८ बर्षीय पुर्णबहादुर लिम्बु र धरान ११ का ५० बर्षीय साकुरा लिम्बु समातिएका हुन् । उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । धरान १० धर्मपथ स्थित पुर्ण लिम्बुको कोठाबाट डाइलक्स डिसि ३६ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ७२ क्याप्सुल, नाइट्रोसन ट्याब्लेट ६ चक्की वरामद भएको छ ।
]यस्तै, एयर गन १ थान पनि प्रहरीले वरामद गरेको जनाएको छ भने तरवार १ थान, खुकुरी १ थान, छुरा १ थान, दाउ १ थान र प्लाष्टिकको पेस्तोल जस्तो देखिेन खेलौती पेस्तोल १ थान भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई पनि आजै म्याद थप िगरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यसैगरि, हिजो नै धरानको भानुचोकस्थित बसपार्कबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले बेलुकी साढे ५ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का २६ बर्षीय सुनिल राई पक्राउ परेका हुन् । लागुऔषध बेचबिखन भइरहेको सुचनाको आधारमा प्रहरी टोली भानुचोकमा पुग्दा शंकास्पद अवस्थामा उनी पक्राउ परेका थिए । उनको शरीर खानतलासी गर्दा लुकाएर राखिएको २ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । उनलाई म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।