धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विर्तामोड ८ झापाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानस्थित कोभिड अस्पतालमा उपचारको क्रममा ४५ बर्षीय महिलाको राती १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानको सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक मुटुका विरामी थिइन् । उनलाई मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।