पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् ।

आफ्नै घर वरीपरी खेल्ने क्रममा कार्तिक ३० गतेदेखि अचानक हराईरहेका बालकको शव आईतवार बिहान सवा १२ बजे ओढारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको छ । साथै, कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।