धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।
उपचारको क्रममा कोभिड अस्पतालमा सप्तरीको लक्ष्मीपुर ३ का ४२ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती १० बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको थियो । उनलाई मंसिर १९ गते कोरोना पुष्टि भएको थियो भने २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।