धरान: आन्तरिक पर्यटकीयस्थलको रुपमा चर्चित धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा रहेको पार्कमा किरात राजा यलम्वरको प्रतिमा स्थापना गरिएको छ ।
पार्कमा १२ फिट अग्लो प्रतिमा स्थापना गरिएको हो । एक कार्यक्रमबीच धरान १९ का वडाध्यक्ष पुर्णवहादुर लिम्वुले प्रतिमा अनावरण गरेका छन् । धरान १९ भिक्टोरिया चौक निवासी चामवहादुर राई र उनकी श्रीमति प्रेमकुमारी राईले दिवंगत आमा दिपमाया राई, वुवा कम्पशेर राई, दाजु धनजित राई, छोरा राजेश राई र छोरी जिसिका राईको सम्झनामा प्रतिमा निर्माण गरिदिएका हुन् । हरियाली सामुदायिक वन समितिले उपलव्ध गराएको दश धुर जग्गामा करिव दश लाख रुपैयको लगानीमा गार्डनसहितको प्रतिमा निर्माण गरिएको छ ।