बिराटनगर: मोरङ र सुनसरीका बिभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।

मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे २ जना पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनबर्षी नगरपालिका ९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी ९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई पक्राउ गरेको हो । यस्तै ईटहरी १३ खनारबाट मोरङको जहदा गाउँपालिका ४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई पनि लागुऔषध सहित पक्राउ गरेको हो । ईटहरी ८ का १९ बर्षीय सनम बस्नेतलाई पनि ईटहरी ६ बाट लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।