धरान: धरान १५ निवासी औजार पत्रिकाका संचालक एवं समाजसेवी कुवेर गुरुङले एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग गरेका छन् ।

धरान १७ स्थित सुकुम्वासी वस्ति विजुवा मार्गमा घर निर्माण भइरहेको स्थलमा नै पुगेर गुरुङ्गले नगद दश हजार १ सय रुपैया हस्तान्तरण गरेका छन् । धरानका केही पत्रकार समुहले विकको घर निर्माण अभियानसहित पोहोर साल देउसी खेलेर उठेको रकमले घर निर्माण कार्य थालेको छ । घरमा नै चटपटे वेचेर गुजारा गर्दै आइरहेकी विक टिनले बारेको र माटोले लिपेर बनाएको जीर्ण घरमा बस्दै आइरहेकी छिन् । एक छोरा र एक छोरीका साथ रहेकी बिकको श्रीमान्को नौ वर्ष अघि क्यान्सर रोगले मृत्यु भएको थियो ।

20201209_100541 (1).psd

धरान १७ न. वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा शनिवार देखि घर निर्माण कार्य सुरु भएको छ । उनको घर निमार्णका लागि यसअघि धरान १७ निवासी व्यवसायी मनिष भट्टराईले जग खन्नको लागि स्काभेटर डोजर, व्यावसायी श्याम श्रेष्ठले एक ट्याक्टर ढुङ्गा र व्यावसायी रुद्र कटुवालले ४८ केजी रड सहयोग गरिसकेका छन् । तस्विरः विकास चाम्लिङ राई

20201209_100509.psd